
काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले एमाले शान्तिपूर्ण ढंगले लोकतान्त्रिक बिधिबाट समाजवादमा पुग्ने कुरामा विश्वस्त रहेको बताउनुभएको छ ।
आज स्याङ्जा जिल्ला कमिटीको नवनिर्वाचित कमिटीको सपथ ग्रहण एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले समाजवादका आधार निर्माण गर्ने काममा सबै नेता कार्यकर्ता लाग्न अनुरोध गर्नुभयो ।
सचिव अर्यालले एमालेका कार्यकर्ता अनुशासीत र कर्तव्य निष्ट हुनु पर्ने साथै जनताका समस्या समाधानका लागि सारथि हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य सीता सुन्दास, सीमा क्षेत्री, अनुशासन आयोग सदस्य चक्र पराजुली, प्रदेश सदस्य मीनप्रसाद गुरुङ लगायत नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो ।












प्रतिक्रिया