१० श्रावण २०८३, आइतबार

सन्दीपलाई आरोप लगाउने युवतीको जन्मदर्ता सम्बन्धी कागजात झिकाउन अदालतको आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीको जन्मदर्तासम्बन्धी कागजात झिकाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुग्नुभएको हो ।