२० असार २०८३, शनिबार

पूर्वन्यायाधीश गिरी जेल चलान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान हुनुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिनुभएको थियो । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाई लडिरहनुभएको थियो ।

अदालतमा आत्मसमर्पण गरेका गिरीलाई थुनामा पठाइएको छ ।