आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईपीएल : चेन्नईले मुम्बईलाई हरायो

दैनिक नेपाल २०८१ वैशाख ३ गते ६:२९

काठमाडौं, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन मात्र बनाएको थियो ।

मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन् ।

त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा बलर मथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित