मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

‘किङ’मार्फत थिएटरमा फर्कदै शाहरुख

दैनिक नेपाल २०८१ वैशाख २ गते ९:५९

मुम्बई, २ वैशाख । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन् ।

शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ । यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरुको दाबी छ ।

यही फिल्मबाट शाहरुख पुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यू’ गर्दैछिन् । फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ ।

सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । निर्माताहरु यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन् । अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन् ।

उनीहरु फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन् । फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ ।

प्रतिक्रिया
सम्बन्धित