मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सलमान खानको घर बाहिर हवाई फायरिङ, मोटरसाइकलमा आएका थिए सुटर

दैनिक नेपाल २०८१ वैशाख २ गते ९:४२

मुम्बई, २ वैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ ।

आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौं पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।

प्रतिक्रिया
सम्बन्धित