आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईपीएलमा आज दुई खेल हुँदै

दैनिक नेपाल २०८१ वैशाख २ गते ८:४६

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि हुँदैछ ।

अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ ।

त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी आज दोस्रो खेल मुम्बई इन्यिन्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

जारी आइपिएलमा मुम्बई इन्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । सुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ ।

त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित