३० आश्विन २०८३, शुक्रबार

आईपीएल : पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।