बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

दैनिक नेपाल २०८१ वैशाख १ गते १९:४९

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

 त्यस्तै असिफ शेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए ।

यो जितपछि समूह ‘ए’ मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ ।

नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित