२१ असार २०८३, आइतबार

दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको छ ।