बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

दैनिक नेपाल २०८१ वैशाख १ गते १६:१६

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी सुरुवात गरेको छ ।

यस खेलको नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव ।

प्रतिक्रिया
सम्बन्धित