बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एसीसी प्रिमियर कप : युएईको लगातार दोस्रो जित

दैनिक नेपाल २०८१ वैशाख १ गते १५:५५

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।  युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

यसअघि युएईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बनाएको थियो ।

यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

यो जितपछि युएईको समूह ‘बी’ मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ ।

समूह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित