१ श्रावण २०८३, शुक्रबार

कप्तान रोहित पौडेलको टी-२० मा १ हजार रन पूरा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

रोहितले एसीसी प्रिमियर कपअन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पूरा गरेका हुन् ।

रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पूरा गरेका छन् । टी-२० मा उनको उच्च रन ६१ रहेको छ ।

उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् ।

नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । ऐरीले अहिलेसम्म १ हजार ४९६ रन बनाएका छन् । उनी पछि कुशल भुर्तेलले १ हजार ३७ रन बनाएका छन् ।