बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

मलेसियालाई हराउँदै एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात

दैनिक नेपाल २०८० चैत ३० गते १९:२९

काठमाडौं, ३० चैत । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपाललले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाउनुभयो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाउनुभयो भने शर्विन मुनियान्डीले ४१ रन बनाउनुभयो । त्यस्तै मुहमद अमिरले १६ रन बनाउनुभयो ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिनुभएको थियो । यो जितपछि नेपालले समुह ए मा २ अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित