मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

दैनिक नेपाल २०८० चैत ३० गते १०:४७

काठमाडौं, ३० चैत । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहनुभएको छ ।

निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहनुभएको हो ।

पलले आफ्नो ‘लभर ब्वाई’को छविलाई फेर्न एक्सन सिकिरहेको बताउनुभयो । ‘मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो । अब म त्यो छवि फेर्न चाहन्छु ।’ उहाँले भन्नुभयो ।

पल फिल्म ‘पुजार सार्की’मा ‘लभर ब्वाई’ भन्दा फरक चरित्रमा देखिँदैहुनुहुन्छ । तर यसमा उनको भूमिका पूर्ण एक्सनमूलक नरहेको निर्माण युनिटले जनाएको छ ।

२०८१ भाद्र २१ गते तिजलाई रिलिज मिति तोकेको फिल्म ‘रावायण’ वैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानी छ ।

फिल्ममा पलसँगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारहरुको अभिनय रहने छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित