बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

दैनिक नेपाल २०८० चैत ३० गते ७:३३

काठमाडौं, ३० चैत । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एकएक गोल गरेका थिए ।

त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।

योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि सुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एकएक पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित