काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
जारी आइपीएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौं हार हो । ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस