सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

शाहरूख खानले दिए इदको शुभकामना

दैनिक नेपाल २०८० चैत ३० गते ६:०४

मुम्बई, ३० चैत । अप्रिल ११ मा विश्वभर इद मनाइयो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ । इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ । यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।

यस इदमा शाहरुख खानले पनि आफ्ना फ्यानहरुलाई इद दिएका थिए । हरेक पटक जस्तै यस पटक पनि बलिउडका बादशाह शाहरुख खानले आफ्ना फ्यानहरुलाई इदको शुभकामना दिएका छन् । आफ्ना मनपर्ने कलाकारको एक झलक पाउन बिहानै देखि फ्यान मन्नतबाहिर उभिएका थिए । करिब ४ बजे शाहरुख आफ्नो कान्छो छोरासँग मन्नतको बालकनीमा पुगे ।

हरेक वर्ष झैं शाहरुख खानका फ्यानहरु उनको मुम्बईस्थित घर मन्नत बाहिर उनको एक झलक पाउन भेला भएका थिए । अभिनेताले सामाजिक सञ्जालमा यसको एक झलक शेयर गरेका छन् । शाहरुख खानले फ्यानसँग भेटेको भिडियो शेयर गर्दै बाहिर आएका सबैलाई इद मुबारकको शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित