सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

विशाल भण्डारीको स्वीकारोक्ति- म र टीमको गल्तिले दुर्घटनामा पर्‍यौँ

दैनिक नेपाल २०८० चैत २९ गते १२:५०

काठमाडौं, २९ चैत । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टीमको गल्तिले दुर्घटनामा परेको स्वीकार गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साताअघि आफू र आफ्नो टीमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उहाँको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिनुभएको हो । साथै उहाँले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभएको छ–

‘जीवन एक भोगाई हो । मानवीयगुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । यी सबै भोगाई र सिकाईको क्रम हो । दुई साता घि म र मेरो टीमले गरेको गल्तीले म , सहायक निर्देशक, मेन्टर र कमेडिन कार दुर्घटनामा प¥यौँ र कमेडि च्याम्पियन सीजन ३ को प्रसारण रोकियो । अहिले हामी सबै डिस्चार्ज भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घटनाले हामीलाई विशेषगरी मलाई धेरै कुरा सिकाएको छ र झक्झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै थ्री प्रोडक्सन टीमको सम्पूर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको कन्टेन्ट बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी कमेडि च्याम्पियनको प्रशारणलाई निरन्तरता दिदै छौं । त्यही माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नुपर्छ भन्ने छैन। सतर्क रहनु होला।’

यही चैत्र ८ गते राती भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित