शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

स्क्रिप्ट चोरीको आरोपमा अजय देवगनको फिल्म ‘मैदान’ रिलिजमा रोक

दैनिक नेपाल २०८० चैत २९ गते ११:५६

मुम्बई, २९ चैत । अजय देवगन स्टारर फिल्म ‘मैदान’ सन् २०२४ कै प्रतिक्षित फिल्म हो । बिहीबार परेको इदको मौकामा यो फिल्म रिलिज हुने तयारीमा थियो । तर, अदालतले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएको छ । स्पोर्टस् ड्रामामा आधारित यो फिल्म कानूनी झमेलामा परेको छ । मैसूरको अदालतले फिल्म रिलिज रोक्न आदेश दिएको छ ।

समाचारअनुसार कर्नाटकका एक स्क्रिप्टराइटरले फिल्मका निर्माता बोनी कपूर र निर्माण कम्पनी जी स्टुडियोले भारतका पूर्व फूटबल कोच सैयद अब्दुल रहीमको जीवनमा आधारित फिल्मको स्क्रिप्ट आफ्नो चोरेको दाबी गरेका छन् । मैसूर कोर्टमा स्क्रिप्टको चोरीको दाबीमा परेको उजुरीका आधारमा अदालतले फिल्म रिलिज नगर्न आदेश दिएको हो ।

मैसूरका लेखक अनिल कुमारले लिंक्डइनमा फिल्मको कथाका आफ्नो भाग साझा गरेका छन् । ‘२०१० मा मैले कथा लेख्न सुरु गरें र २०१८ मा मैले यो बारेमा एक पोस्ट गरेको थिएँ । मेरो लिंक्डइन पोस्टका माध्यमबाट एक निर्देशक सुखदास सूर्यवंशी मेरो सम्पर्कमा आए । उनले मलाई मुम्बईमा बोलाए र स्क्रिप्ट ल्याउन भने । मसँग पूरा च्याट हिस्ट्री छ । उनले मलाई आमिर खानसँग भेट गराउँछु भने । तर केही कारणले उनलाई भेट्न सकिनँ । मैले उनलाई कथा दिए र यसलाई स्क्रिन राइटर्स एशोसिएसनमा दर्ता गरियो । सुखदास सूर्यवंशी मैदानमा सहायक निर्देशक थिए ।’ उनले लेखेका छन् ।

उनले हालैमात्र ‘मैदान’ नामको फिल्म रिलिज हुन लागेको कुरा आफूले सुनेको बताएका छन् । ‘म चकित भएँ, किनकी मेरो कथा पनि यही हहाहे । जब मैले टिजर र निर्देशकको कुरा सुनें, मैले थाहा पाएँ कि त्यो मेरो कथा हो । उनले मेरो कथालाई तोडमोड गरेर यो फिलम बनाएका रहेछन् । फिल्ममा लेखकको नाम पादकंदुका राखेका रहेछन् ।’ अनिलले भनेका छन् ।

अनिल मैसूरको प्रधान जिल्ला एवम् सत्र न्यायालय गएपछि अदालतले फिल्म रिलिजमा रोक लगाउन आदेश दिएको छ । यो मामलाको अर्को सुनुवाई अप्रिल २४ मा हुनेछ ।

फिल्ममा अजयले सैयद अब्दुल रहीमको भूमिका निभाएका छन् । फिल्ममा प्रियामणि, गजराज राव र बंगाली अभिनेता रुद्रनील घोषको पनि अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित