शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

यस्तो छ ‘पुजार सार्की’को नयाँ पोस्टर

दैनिक नेपाल २०८० चैत २९ गते ७:१५

काठमाडौं, २९ चैत । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु अँट्नुभएको छ ।

उहाँहरू आ–आ–आफ्नो चरित्रमा देखिनुभएको छ । पोस्टरको बीच भागमा आर्यन हुनुहुन्छ । पलले बन्दुक बोक्नुभएको छ ।

अभिनेत्री परीक्षा दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिनुभएको छ भने अञ्जना जिम्मेवार महिला देखिनुभएको छ । लामो कपालमा रहेका प्रदीप हाफ पाइन्ट (जाँगे) लगाउनुभएको छ ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

फिल्ममा दिनेश राउतको निर्देशन छ । उहाँले यही शुक्रबार फिल्म हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने बताउनुभयो ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ । राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित