शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

स्व. गायक अमन ओलीको स्वरमा ‘नहसाउ शत्रु’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत २८ गते २१:०१

काठमाडौं, २८ चैत । स्व. गायक अमन ओली र गायिका तुलसी घर्तीमगरको आवाजमा सजिएको वियोगान्त भोगाइमा आधारित गीत ‘नहसाउ शत्रु’ गीतको भिडिओ बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ ।

आफ्नी प्रेमीकाले जीवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पीडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन, सम्पादन तथा निर्देशन भिडिओमा रहेको छ । गीतमा देव बोहरा, श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित