शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समीर र सिम्रनको स्वर रहेको गीत ‘रुमाल फाट्यो नि’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत २८ गते २०:४७

काठमाडौं, २८ चैत । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडिओ सार्वजनिक भएका छ ।

गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ ।

भिडिओमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड हुनुहुन्छ । डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ ।

भिडिओमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ ।

भिडिओ नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित