मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी फाइनलमा

दैनिक नेपाल २०८० चैत २८ गते २०:२९

हेटौंडा, २८ चैत । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा कोशी प्रदेशका निखील तामांग र आभिषेक विकले १–१ गोल गर्नुभएको हो । खेलमा उत्कृष्ट प्रर्दशन गर्नुभएका कोशी प्रदेशका कमल खवास म्यानअफ द म्याच घोषित हुनुभएको छ ।

बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित