सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिल्वेस्टरका कारण रोजले छोडे ‘तुलसा किङ’

दैनिक नेपाल २०८० चैत २८ गते ८:२३

काठमाडौं, २८ चैत । हलिउड अभिनेता तथा फिल्म मेकर सिल्वेस्टर स्टेलोनमाथि प्यारामाउण्ड प्लस सिरिज ‘तुलसा किङ’को अटलान्टा सेटमा अन्य अभिनेताका बारे अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ । उनलाई अन्य कलाकारले सेटमा खराब माहोल बनाएको आरोप लगाएका हुन् । यहीकारण सिरिजका कास्टिङ निर्देशक रोज लकले सिरिज छोडेका छन् । यद्यपि सिल्वेस्टरका प्रतिनिधिले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘येलोस्टोन’ सुपरस्टार श्रोता टेलर शेरडिनले ‘तुलसा किङ’ बनाएका थिए । अहिले उनी अटलान्टामा दोस्रो सिजनको सुटिङको सुटिङ गरिरहेका छन् ।

‘तुलसा किङ’को सिजन १ का प्रिमियर सन् २०२२ को नोभम्बरमा भएको थियो । जुन सिजन ओक्लाहोमामा छायांकन गरिएको थियो । सिल्वेस्टरमाथि अन्य कलाकारले लगाएको आरोपका विषयमा टेलिभिजन लेखिका जुली बेन्सनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले पू सिल्वेस्टरमाथि गत अप्रिल ८ मा दुई स्क्रिनसट सेयर गरेकी थिइन् ।

‘यो दुःखको समाचार मैले अटलान्टाका मित्रबाट प्राप्त गरेकी छु । जसको पृष्ठभूमि यो साता तुलसा किङबाट भएको हो । कास्टिङ एजेन्टले काम छोडिन् किनकी एनी निकै निराश थिए । मेरा साथीहरु अब काम गर्ने विषयमा चिन्तित छन् । सिल्वेस्टर तपाईंलाई आफ्नो बारेमा के भन्नु छ ? निराश हुनुका अलावा म आक्रोशमा छु ।’ उनले लेखेकी छिन् ।

एक स्क्रिनसटमा सिल्वेस्टरले शोका निर्देशकसँग ‘यी कुरुप कलाकारहरुसँग के भइरहेको छ ?’ भनी सोधेको दाबी गरिएको छ । उनले कलाकारलाई कुरुप र मोटा भनेका छन् । उनले आफ्नो वरपर बस्नका लागि सुन्दर युवती लिएर आउन भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित