सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बेलायतका सहरमा लिम्बु संस्कृतिको ‘रीत’

दैनिक नेपाल २०८० चैत २७ गते ११:०२

काठमाडौं, २७ चैत । फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको लिम्बु भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ ।

फिल्मकी निर्मात्री आशा नेम्बाङले लिम्बु जातिको बिहे संस्कृतिमा आधारित यो फिल्मलाई यी सहरमा प्रदर्शन गर्ने निश्चित भएको बताउनुभयो ।

उहाँ फिल्म प्रदर्शनका लागि हाल बेलायतमै हुनुहुन्छ ।

लिम्बु जातिमा मागेर (मागी विवाह) र भगाएर (चोरी बिहे) गरी दुई तरिकाले विवाह हुन्छ ।

फिल्मका निर्देशक दिनेश लिङ्देनले बिहेपछि बेहुला पक्षबाट बेहुली पक्ष वा माइतीलाई बुझाउनु पर्ने रीत चलनलाई फिल्ममा देखाइने बताउनुभयो ।

फिल्मको निर्माता होमकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम हुनुहुन्छ । फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, दिनेश माङमु लिम्बकोु नृत्य, मिक हाङ लिङदेनको प्रस्तुति, सागर केरुङको कथा छ ।

फिल्ममा तान्छोहाङ इङ्नाम, विमला खजुम लिम्बु, लक्ष्मी योङहाङ, याशेली योङहाङ, सागर केरुङ, दिनेश माङमु, पुर्ण सेलिङ, नन्दु तुम्बापो, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भीम थेबेलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म नयाँ वर्षको अवसरमा अमेरिकाको न्युयोर्क, टेक्सास, क्यालिफोर्नियालगायतका सहरमा पनि प्रदर्शन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित