सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कमेडी च्याम्पियनको सुटिङ आजबाट सुरू हुँदै

दैनिक नेपाल २०८० चैत २७ गते १०:११

काठमाडौं, २७ चैत । कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने भएको छ ।

दुई हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजबाट सुरू हुन लागेको हो । जसको जानकारी च्याम्पिनयका प्रमुख विशाल भण्डारीले जानकारी दिनुभएको छ ।

‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मंगलबार हुँदैछ ।’ उहाँले लेख्नुभएको छ, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ । यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ । नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’

केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा नजिक भयानक दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित