सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

दैनिक नेपाल २०८० चैत २७ गते ९:२२

मुम्बई, २७ चैत । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् ।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए ।

‘साथी, दम्पती, अभिभावक र एक अर्काकका शुभचिन्तकका रुपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकुल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ । ऐश्वर्या र मैले एक जोडीका रुपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रुपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ ।’ धनुषले सामाजिक सञ्जालमा लेखेका थिए ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका दुई छोरा यात्रा र लिंगा छन् ।

कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रुपमा पुनरागमन गरेकी छिन् । जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।

प्रतिक्रिया
सम्बन्धित