१४ असार २०८३, आइतबार

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल तालिका सार्वजनिक

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

सबै खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।