१५ असार २०८३, सोमबार

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गर्नुभएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गर्नुभएको हो ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्ध विच्छेदको आदेश दिएको थियो । दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोही दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्ध विच्छेदको आदेश दिएको थियो ।

सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ ।

नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहनुभएका निशानले २०७७ सालमा ऋचासँग कानुनी विवाह गर्नुभएको थियो ।