१५ असार २०८३, सोमबार

टी-२० विश्वकप खेल्ने नेपाली टिमको जर्सी सार्वजनिक

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी-२० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ ।

नेपालले दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।

आउँदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।