२४ असार २०८३, बुधबार

गायक निशान भट्टराई र ऋचा न्यौपानेले गरे डिभोर्स

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । गायक राजेश पायल राईको महँगो डिभोर्सको चर्चा सेलाउन नपाउँदै फेरि अर्का एकजना चर्चिक गायकको डिभोर्स भएको छ ।

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको पनि डिभोर्स भएको हो । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

निशान र ऋचाले २०७७ सालमा कानूनी विवाह गर्नुभएको थियो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुनुहुन्छ ।