सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

यस्तो आयो अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’को टिजर

दैनिक नेपाल २०८० चैत २६ गते ११:५०

काठमाडौं, २६ चैत । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल ‘पुष्पा २ः द रुल’को टिजर सार्वजनिक भएको छ ।

सोमबार फिल्म निर्माताले अल्लु अर्जुनको ४२औँ जन्मदिनको अवसरमा टिजर सार्वजनिक गरेको हो ।

‘पुष्पाः द राइज’ रातो चन्दन र यसको तस्कर पुष्पराजको कथा हो । सन् २०२१ मा रिलिज भएको यसले जिद्दी पुष्पराज सबैभन्दा ठूलो तस्कर बन्ने कथा देखाएको थियो । यसमा पुष्पराज आफै जस्तै जिद्दी प्रहरीसँग आमने सामने भएका थिए ।

अब यो कथा ‘पुष्पा २ः द रुल’बाट अगाडी बढ्नेछ ।

फिल्म यसै वर्षको अगस्ट १५ मा हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित