सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एकता कपुरको ‘लभ सेक्स और धोखा २’मा ट्रान्सजेन्डर अभिनेत्री

दैनिक नेपाल २०८० चैत २६ गते १०:११

काठमाडौं, २४ चैत । एकता कपुरको ‘लभ सेक्स और धोखा २’ चाँडै रिलिज हुँदैछ ।

भारतीय मिडियाका अनुसार यो फिल्मको कथाले हलचल ल्याउने बताइएको छ । चलचित्रको टिजर सार्वजनिक भएदेखि नै चलचित्रका मुख्य कलाकारको चर्चा सर्वत्र भइरहेको छ ।

ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्ने यी अभिनेता को हुन् भन्ने जान्न सबैलाई उत्सुकता छ । अब यसको जवाफ निर्माता आफैले दिएका छन् । बालाजी मोसन पिक्चर्सको पेजमा एक भिडियो सेयर गरेर फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने अभिनेता को हुन् भन्ने बताइएको छ ।

‘लभ सेक्स और धोखा २’मा मुख्य भूमिका निभाएकी बोनिता राजपुरोहित वास्तविक जीवनमा पनि ट्रान्सजेन्डर हुन् । भिडियोमा राजस्थानको एउटा सानो गाउँ डुङ्गरीबाट मुम्बई आएको कथा सुनाउँदै बोनिता भन्छिन्, ‘सुरुवातदेखि नै फिल्ममार्फत आफ्नो बारेमा सिकेको थिएँ, जहिले पनि फिल्ममा म जस्तो मान्छे देख्ने गर्थें । मलाई लाग्थ्यो, हो, यो म जस्तै हो । र मेरो कथा पनि महत्त्वपूर्ण छ । मलाई पर्दामा पनि मानिसहरूले मन पराउनु नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो । मानिसहरू स्क्रिनमा पनि ट्रान्सजेन्डर प्रतिनिधित्व देख्न चाहन्छन् । म एउटा सानो उत्पादन कम्पनीमा काम गर्थें, जहाँ मेरो तलब १० देखि १५ हजारसम्म थियो । त्यो तलबमा बाँच्न पनि गाह्रो हुन्थ्यो ।”

बोनिताले थप भनिन्, ‘मैले सपनामा पनि अभिनय गर्ने भूमिका पाउँछु भन्ने सोचेको थिइनँ । तर यहाँ मैले बलिउड फिल्मको एउटा सच्चा पात्र निभाउन पाएँ । त्यसैले केही सपनाहरू साकार हुन्छन् । यो सम्पूर्ण यात्रा मेरो लागि धेरै विशेष छ । गाह्रो भएको छ । ठूलो कुरा यो हो कि मैले फिल्ममा कसैको क्यारेक्टर खेल्नु पर्दैन। फिल्ममा म आफ्नै ट्रिगर प्वाइन्टहरू छुन्छु, जुन मेरो आफ्नै समस्या हो । तपाईं मलाई क्यामेरामा आफ्ना कुराहरू बताउन सक्नुहुन्छ । हिम्मतसँग बोल्न, धेरै साहस चाहिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित