२४ असार २०८३, बुधबार

आईपीएल : दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यसअघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।