शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

‘रुमानी रंग’मा आईआईएफटीको पहिरन

दैनिक नेपाल २०८० चैत २५ गते ८:४७

काठमाडौं, २५ चैत । फिल्म ‘रुमानी रंग’का लागि स्कूल अफ फेसन एण्ड इन्टेरियर (आईआईएफटी) डिजाइनमा अध्यनरत सिनियर डिजाइनरहरुले पहिरन डिजाइन गर्ने भएका छन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मका तीन गीतसहित मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना विद्यार्थीले पहिरन तयार पार्नेछन् ।

यसका लागि आईआईएफटी र फिल्म निर्माण कम्पनीबीच सम्झौता भएको छ । पहिरन डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेजर अन्जली महर्जनले जानकारी दिनुभयो ।

सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा बिभाग प्रमुख उत्कृष्टविक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गर्नुभएको छ ।

आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । फिल्मको ९० प्रतिशत छायाँकन अस्ट्रेलियामा हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित