शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सेभेन सिजले किन्यो ‘मनसरा’को डायस्पोरा अधिकार

दैनिक नेपाल २०८० चैत २५ गते ८:०८

काठमाडौं, २५ चैत । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो फिल्मको वितरण अधिकार किनेको हो ।

सेभेन सिजले फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ । फिल्म निर्माण पक्ष र सेभेन सिजबीच शनिबार यसबारेमा कागजी सम्झौता भएको हो ।

सम्झौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र र निर्माता शैलेन्द्रध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरण सम्बन्धी हस्ताक्षर गर्नुभएको छ । फिल्म २०८१ वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

फिल्मले विवाहित लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ । फिल्ममा विष्णकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुनुहुन्छ ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन छ ।

त्यस्तै सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक हुनुहुन्छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट कम्पनीले गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित