१ असार २०८३, सोमबार

नेपाल ‘ए’ र आयरल्याण्डबीचको अन्तिम खेल आज

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।

आज आयरल्याण्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्वता जितको खोजिमा हुनेछ ।