१२ असार २०८३, शुक्रबार

एसएमएस फ्रेन्डसिप कप : उपाधिका लागि नेपाल र गुजरात भिड्दै

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।

तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।