शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

तामाङ सेलोको ‘ओइ सोल्टिनी’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत २४ गते १७:१०

काठमाडौं, २४ चैत । गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।

नेपाली सेनाका उपरथी डा. आशबहादुर तामाङको गीत तथा संगीत रहेको म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गर्नुभएको हो । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो ।

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा. तामाङले बताउनुभयो ।

अष्ट्रेलियामा अध्ययनरत अयमी आफ्नी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौं आउनुभएको थियो । उहाँ अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आउनुभएको छ ।

अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित