शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

नेपाल आएकी ‘रामायण’की सीताले गरिन् रामको प्रशंसा

दैनिक नेपाल २०८० चैत २४ गते १५:३७

काठमाडौं, २४ चैत । चर्चित भारतीय धारावाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह नर्गुभएको अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाई र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाई र असल श्रीमान हुनुहुन्थ्यो भन्ने कुरा रामायणले सिकाएको छ ।’

उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भएपनि भगवान रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ थियो ।

रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उहाँले भगवान रामको १४ वर्षे वनबास हुँदै रानी सीतालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गर्नुभयो ।

रामायणकी सीता शनिबार साँझ आर्मी अफिसर्स क्लबमा उपस्थित हुनुहुनेभएको छ । धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उहाँ शुक्रबार नेपाल आइपुग्नुभएको हो ।

भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गर्नुभएको छ । रामानन्द सागर निर्देशित ‘रामायण’बाट उहाँ बढी लोकप्रिय हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित