२५ असार २०८३, बिहिबार

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएको कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गर्नुभएको छ ।

भारतको पञ्जाबमा भएको दुर्घटनामा घाइते कोपिलाको उपचारको लागि रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थाल्नुभएको हो ।

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किने क्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको थियो । उहाँको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ ।

कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गर्नुभएको छ । रेखाले सबैले सहयोग गरेर उहाँको ज्यान जोगाइदिन आग्रह गर्नुभएको छ ।

उहाँसँगै कारमा सवार यात्रु रुपा थापाको दुर्घटनामा मृत्यु भएको थियो ।