
काठमाडौं, २४ चैत । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन् । उनले निर्धारित २१.१ किमिको दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् ।
नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले २१.१ किमि दूरी १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरी दोस्रो स्थान बनाउँदा एपिएफकी पुस्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन् ।
श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमश २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताउनुभयो ।















प्रतिक्रिया