१५ असार २०८३, सोमबार

लिक भयो ‘रामायण’को सुटिङका तस्वीर

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २४ चैत । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।

कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ ।

लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन् ।

नितिशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो । जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ ।

रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।