२० असार २०८३, शनिबार

हैदरवादले चेन्नईलाई हरायो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।

यसअघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।