शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

पक्राउ पुर्जी जारी भएका गायक रवि ओड कहाँ हुनुहुन्छ ?

दैनिक नेपाल २०८० चैत २३ गते १६:०१

काठमाडौं, २३ चैत । वैबाहिक बलात्कारको आरोपमा गायक रवि ओडविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

रविविरूद्व उहाँकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभएको थियो । जाहेरीपछि उहाँविरूद्व पक्राउ पुर्जी जारी भएको हो । पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाउनुभएको छ ।

पक्राउ पुर्जी जारी भएपनि रवि अहिलेसम्म पक्राउ पर्नुभएको छैन । प्रहरीले रविको खोजी भइरहेको बताएको छ भने कतिपयले रवि फरार भएको बताइरहेका छन् । तर रवि अहिले जापानमा हुनुहुन्छ ।

उहाँ सांगीतिक कार्यक्रमका लागि हिजो जापान पुग्नुभएको हो । भोलि फुकोकामा हुने ‘नेपाल फेष्टिबल फुकोका’ मा भाग लिन उहाँ जापान पुग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित