
काठमाडौं, २३ चैत । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड वुल्भ्सविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल ‘ए’लाई दोस्रो सफलता मिलेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ गरेको आयरल्याण्डले पहिलो ओभरमै १ विकेट गुमाएको थियो । कमलसिंह ऐरीको बलमा आयरल्याण्डका जेम्स म्याकोलमलाई शाहब आलमले रन आउट गराए ।
यस्तै, चौथो ओभरको पहिलो बलमा आयरल्याण्डका स्टीफन डोहेनी पनि बोल्ड आउन भएका छन् । उनलाई शाहब आलमले आउट गरे । डोहेनी आउट हुँदा आयरल्याण्डले ११ रन थियो ।
चौथो ओभरको खेल सकिँदा आयरल्याण्डले २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ ।
नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले आयरल्याण्डसँग पराजित भएको थियो ।









प्रतिक्रिया