शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

निम अवार्डः जुगललाई ‘रजत संगीत सम्मान’

दैनिक नेपाल २०८० चैत २३ गते ९:१७

काठमाडौं, २३ चैत । राजधानीमा बिहीबार सम्पन्न ‘सातौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड(निम अवार्ड) २०२४’मा संगीतकार जुगल डंगोललाई ‘रजत संगीत सम्मान २०२४’बाट सम्मान गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले डंगोललाई सम्मान प्रदान गर्नुभएको हो ।

कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल ‘साउनको भेल जस्तो’ गाउँदा बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाउनुभयो ।

संस्कृतिकर्मी चन्द्रकुमार राई, साहित्यकार हरिसिंह थापालगायतलाई सम्मान गरिएको कार्यक्रममा ५ हजार ५ सय ५५ रुपैंयाँ राशीको ‘संगीत पत्रकारिता पुरस्कार’ रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । ४२ विधाको अवार्ड अन्तर्गत ‘आधुनिक गीत’तर्फ राजु भट्टले ‘नव गायक’, सन्तबहादुर दराईले ‘नवगायक जुरी’, प्रिजा मिश्राले ‘नवगायिका’को अवार्ड पाउँदा ‘आधुनिक विधा’ तर्फ यश कुमारले ‘गायक’, निता आचार्यले ‘गायिका’, नरहरी प्रेमीले ‘संगीतकार’, टेक तामाङले ‘गीतकार’ र सबिता पोखरेलले ‘आधुनिक महिला गीतकार’को अवार्ड जित्नुभयो ।

यस्तै ‘राष्ट्रिय भाव गीत’ तर्फ कर्माले, ‘गजल’तर्फ रुद्रशेखर शर्माले, संगीत राना प्रधानले ‘गजल जुरी’ र मोहन श्रेष्ठ तथा सहिमा श्रेष्ठले ‘युगल गायन’ अवार्ड पोल्टामा पार्नुभयो । ‘पप गायन’ तर्फ डेविड शंकरले ‘गायक’, चेष्टर लिम्बुले ‘गायक डायस्पोरा’, नविन कार्कीले ‘लोक पप गायन’, अनिल तिखत्रीले ‘गीतकार’ र मानस राजले ‘संगीतकार’ अवार्ड चुम्नुभयो ।

त्यस्तै ‘लोकदोहोरी’तर्फ सागर लम्साल ‘बले’ ‘पुरुष मोडल’, एन जेड सालु ‘महिला मोडल’, प्रमिला राजघतानी ‘महिला मोडल जुरी’, वसन्त उदास ‘नवमोडल पुरुष’ र मिशेल घिमिरे ‘नव मोडल महिला’ बन्नुभयो । ‘लोक गीत’तर्फ मौलिक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र ‘उत्कृष्ट म्युजिक भिडियो निर्देशक’को अवार्ड कमल एक्चै मगरले जित्नुभयो ।

‘लोकदोहोरी’तर्फ सागर बास्तोलाले ‘गीत रचना’, ऋषि खड्काले ‘लय’, रामकुमार नेपालीले ‘गायक’, सञ्जु न्यौपानेले ‘गायिका’को अवार्ड सुरक्षित गर्नुभयो । यसैगरी ‘नव महिला मोडल’ तर्फ पुनम श्रेष्ठले ‘पब्लिक च्वाईस’, राहुल बराइलीले ‘कोरियोग्राफर’, सुदीप सागरले ‘म्युजिक एरेन्जर’अवार्ड पाउनुभयो ।

‘आधुनिक÷पप गीत’ तर्फ केशवराज भट्टले ‘भिडियो निर्देशक’, राज टाइगरले ‘पुरुष मोडल’, अश्विनी शाहीले ‘महिला मोडल’ र सृजन बरालले ‘लोकदोहोरी भिडियो निर्देशक’को अवार्ड जित्नुभयो ।

‘प्राविधिक विधा’ तर्फ नरेन्द्र वियोगीले ‘ध्वनी मिश्रण’, मुकेश हुमागाईंले ‘छायाँकार’, अमृत चापागाईंले ‘म्युजिक भिडियो सम्पादक’ अवार्ड पाउनुभयो । ‘समावेशी’ तर्फ शान्ति शाहीले ‘डेउडा गीत अवार्ड’, प्रेमनारायण शाहले ‘मैथली भोजपुरी गीत अवार्ड’, वीरेन्द्रकुमार झाले ‘गायन अवार्ड’, मुन्ना कुमारले ‘म्युजिक भिडियो अवार्ड’ र बद्री शाहले ‘जुरी अवार्ड’ जित्नुभयो ।

यस्तै ‘नेपाल भाषा’तर्फ नातिकाजी महर्जनले ‘गीतकार’, मनराज नकर्मीले ‘संगीतकार’, मोहन शाक्यले ‘गायन’, दर्शन वीर शाक्यले ‘नेपाल भाषा म्युजिक भिडियो’ अवार्ड पाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित