शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

पूजा पाख्रिन बनिन् ‘मिसेस भोग नेपाल’

दैनिक नेपाल २०८० चैत २२ गते २०:४२

काठमाडौं, २२ चैत । हाउस अफ फेसनले बुधबार राति काठमाडौंमा आयोजना गरेको ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जित्नुभएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुर हात्तीवनकी ३२ वर्षीया पाख्रिनले शीर्ष उपाधि जित्नुभएको हो ।

उपाधिसँगै उहाँले पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउनुभएको छ । यसबाहेक उहाँले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्ष गर्ने मौका पाउनुभएको छ । प्रतियोगितामा उहाँले विधागततर्फको ‘मिसेस भोग मोस्ट स्टाइलिस्ट’ र ‘मोस्ट फोटोजेनिक’को उपाधिसमेत जित्नुभयो ।

प्रतियोगितामा विभा बस्नेतले ‘कमर्सियल एम्बासडर’, ‘पब्लिक च्वाइस अवार्ड’ र ‘मोस्ट पपुलर च्वाइस अवार्ड’, आकृति श्रेष्ठले ‘फस्र्ट रनर्स अप’को उपाधिसँगै ‘मोस्ट इन्टेलिजेन्ट’को अवार्ड पनि जित्नुभयो ।

त्यस्तै मनिला लामिछानेले ‘सेकेण्ड रनर अप’सँगै ‘मिसेस ग्लोइङ स्किन’ तथा ‘बेस्ट परफर्मेन्स’को अवार्ड जित्नुभयो । प्रतियोगिताको उत्कृष्ट ७ मा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृति श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्नुभएको थियो ।

स्मिथ तामाङको कोरियोग्राफीमा भएको प्रतियोगितामा मेरिशा सुवालले ‘मिसेस बोल्ड एण्ड इलिगेन्स’, मिना परियारले ‘बेस्ट स्माइल’, यादिना रजकले ‘ब्युटी विद द पर्पस’, बिकिता सुवेदीले ‘मोस्ट डिसिप्लिन’, लक्ष्मी केसीले ‘मोस्ट इनर्जेटिक’, रश्मी महर्जनले ‘बेस्ट वाक’ तथा राधिका चौधरीले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जित्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित