७ श्रावण २०८३, बिहिबार

गायक राजेशपायल राई रिहा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । गायक राजेशपायल राई रिहा भएका छन् ।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर होहल्ला गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनीहरुलाई परिवार बोलाएर जिम्मा लगाइएको हो ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।